काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ दिवसीय सदस्य स्तरीय अन्तरक्रिया तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको शाखा कार्यालय ज्योतिनगर, चितवनले बैशाख २३ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो।
संस्थाको शाखा कार्यालय ज्योतिनगर, चितवनले भरतपुर महानगरपालिका वडा नम्बर २६ को वडा कार्यालयलाई ५ थान डस्टबिन, ज्योतिनगर बजार व्यवस्थापन समितिलाई १ थान सि.सि क्यामरा र चनौली इलाका प्रहरी कार्यालयलाई ४० थान उज्यालो प्रतिबिम्ब बेल्ट संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम गरेर हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का सदस्य एवम् प्रमुख अतिथि प्रकाश सुवेदीले यस वित्तीय संस्थाले नाफामुलक नभई सेवामुलक कार्य गर्दै विभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिम कार्यक्रम समेत गरी सदस्यको जिवनस्तर उकास्न महत्वपूर्ण योगदान गरेको बताए ।
त्यस्तै चनौली इलाका प्रहरी प्रमुख के.सी.ले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उज्यालो प्रतिबिम्ब हस्तान्तरणले प्रहरी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, प्रहरी मेरो साथी र समाज र प्रहरीबिचको भुमिका बारेमा छोटो जानकारी गराएका थिए ।
बजार व्यवस्थापन समितिका अध्यक्षले संस्थाले अति विपन्न वर्गलाई सेवा दिएर आत्मनिर्भर बनाई देशको अर्थतन्त्रमा समेत ठूलो भुमिका खेलेको बताए ।
हाल वित्तीय संस्थाको महालक्ष्मी ४, ललितपुर कर्पोरेट कार्यालय रही देशको ७ वटै प्रदेशमा १९२ शाखा कार्यालय मार्फत करिब १ लाख ८२ हजार सदस्यहरुलाई वित्तीय सेवा दिइरहेको छ भनि संस्थाको जोखि व्यवस्थापन तथा असुलि विभागमा कार्यरत भरत काफ्ले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्