Skip to content
LAXMI SUNRISE BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा बैशाख २१ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ ।

साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गरेको छ ।

साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी २४.७४ प्रतिशत लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK