काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलबभत्ता नबढाउने भएको छ । वित्तीय स्रोतको अभावका कारण आगामी आर्थिक वर्ष २०८१/८२ मा सरकारी कर्मचारीको तलबभत्ता नबढ्ने भएको हो ।
यसपालि सरकारी कर्मचारीको तलबभत्ता बढाउनैपर्ने कानूनी बाध्यता पनि नरहेको र वित्तीय स्रोतको अभाव भएकाले पनि कर्मचारीको तलबभत्ता वृद्धि नगरिने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
दुई वर्षअघि सरकारले २०७९ सालमा सरकारी कर्मचारीको तलबभत्ता पुनरावलोकन गरेको हुनाले पनि यसवर्ष तलबभत्ता बढाउनैपर्ने बाध्यतामा सरकार छैन । त्यसैमाथि वित्तीय स्रोतसमेत अभाव भइरहेका बेला सरकार आर्थिक दायित्व बढाउने मनसायमा पनि देखिएको छैन ।
यही कारण पनि आगामी आर्थिक वर्षमा सरकारले कर्मचारीको तलबभत्तामा कुनै परिवर्तन नगर्ने पक्का छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्