×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ ९ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपात (१०० कित्ता सेयर बराबर १५ कित्ता सेयर)को हकप्रद सेयर जारी गर्ने भएको छ । 

त्यस्तै, कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गरी पूँजी वृद्धिको स्वीकृतिका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णयसमेत गरेको छ । 

कम्पनीको उक्त प्रस्ताव प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: