Skip to content
LAXMI SUNRISE BANK

‘कांग्रेसले संसदलाई नेविसंघको ‘क्लब’ बनायो, हामीसँग भिड्नै खोज्यो’- योगेश भट्टराई 

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेस संसदमा सत्तापक्षसँग भिड्न खोजेको बताएका छन् । सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेसले संसदमा अलोकतान्त्रिक हर्कत गरेर संसदको गरिमालाई गिराएको पनि बताएका छन् ।

सौहार्द्रपूर्ण रुपमा संसद चलाउन खोज्दाखोज्दै पनि सत्तापक्षसँग कांग्रेस भिड्नै आएर अमर्यादित बनेको भट्टराईले बताएका छन् । 

त्यस्तै, सांसद भट्टराईले कांग्रेसले संसदलाई ‘क्लब’ बनाएको भन्दै आक्रोशसमेत पोखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK