×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त र साधना लघुवित्तको मर्जरमा ‘लफडा’ सुरु, सबैकोका कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा !

LAXMI SUNRISE BANK
GLOBAL

सबैको लघुवित्त र साधना लघुवित्तको मर्जरमा ‘लफडा’ सुरु, सबैकोका कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा !

३२ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ ।  मर्जरमा जाने निर्णय गरेका सबैको लघुवित्त र साधना लघुवित्तमा मर्जरका क्रममा विभिन्न कुरामा कुरा नमिलेपछि ‘लफडा’ सुरु भएको छ । सबैको साधना लघुवित्त नाम राख्नेगरी अन्तिम सम्झौता भएकोमा अन्तिममा राष्ट्र बैंकबाट साधना लघुवित्तको नाम राख्नेगरी अन्तिम स्वीकृति आएपछि सुरु भएको लफडा अहिले साधना लघुवित्तका सीइओसहितका कर्मचारीहरूले साधना लघुवित्त मात्र राखेर राष्ट्र बैंकबाट स्वीकृति आएसँगै खुसियालीमा केक काटेको र त्यसले सबैको लघुवित्तका कर्मचारीहरूको मनोबल कमजोर भएको भन्दै सबैको लघुवित्तका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् ।

उनीहरूले आन्दोलनको पहिलो चरणअन्तर्गत हातमुखमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । आफ्नो माग पुरा नभए दोश्रो चरणमा सबै शाखा बन्द गर्ने कर्मचारीहरूको भनाई छ ।

‘कि सबैको साधना लघुवित्त भनेर नाम हुनुपर्यो, कि नयाँ नाम हुनुपर्यो । यसरी एउटाको अस्तित्व मेटाउने र अर्काको राखेर हामीलाई होच्याउने काम गर्नु भएन ।’ अर्थ सरोकारको सम्पर्कमा आएका सबैको लघुवित्तका एक कर्मचारीले भने, ‘  किसानजालपा लघुवित्तलाई मर्जरमा लैजाँदा मातृभूमि राखिएको छ । कि यसरी नयाँ नाम राख्नुपर्यो । कि हाम्रो पनि राख्नुपर्यो । अन्यथा, हामीलाई स्वीकार्य हुँदैन ।’ 

यो मर्जरमा साधना लघुवित्तको व्यवस्थापन, कर्मचारी र बोर्ड मिलेर अनावश्यक राजनीति गरेको आरोप सबैको लघुवित्तका कर्मचारीहरूको छ । ‘राजनीति त भयो भयो, साधनाका सिइओले केक नै काटेर ठुलै युद्ध जितेझैँ हर्ष बढाई गरेपछि आफ्नो अस्तित्वका लागि पनि हामीले विद्रोहको बाटो रोज्यौँ ।’ अर्थ सरोकारको सम्पर्कमा आएका ती कर्मचारीले भने ।  

के भन्छन् सबैको लघुवित्तका सिइओ ?

सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले राष्ट्र बैंकबाट साधनाको नाम मात्र राख्नेगरी नाम स्वीकृत भएर आएपछि दुखी भएका कर्मचारीहरू साधनातिरकाले साधनाको नाम मात्र आउँदा खुसी मनाएपछि सबैको लघुवित्तका कर्मचारी आक्रोशित भएको बताएका छन् । ‘एक त नाम सबैको साधना लघुवित्त राख्नेगरी अन्तिम सम्झौता भएकोमा किन साधना मात्र आयो भन्ने विषय छ । अर्को के के न जितियो जसरी साधनाको मात्र नाम राखेर, अझ टु बि कनट्युन्युड’ लेखेर केक काटिएपछि सबैको लघुवित्तका कर्मचारीहरू आक्रोशित बनेका छन् ।’ पौडेलले अर्थ सरोकारसँग भने, ‘यो खुसी मनाउनुपर्ने कुरा थिएन । मर्जरमा मिलेर जानुपर्ने ठाउँमा सबैको लघुवित्तका कर्मचारीहरू डिमोटिभेटेड भए ।’

के भन्छन् साधना लघुवित्तका सिइओ ?

यता साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले भने आफूहरूले मर्जरमा आफ्नो नाम मात्र स्वीकृत भएर आएका कारण केक नकाटेको दाबी गरे । ‘लघुवित्तको नाम सबैको साधना लघुवित्त राख्ने कुरा अन्तिम सम्झौतामा उल्लेख भएको सत्य हो । राष्ट्र बैंकले नाम अलि नमिलेकोजस्तो भयो भनेर साधना मात्र राखेर स्वीकृति दिनुपनि ठुलो कुरा थिएन । हामीले साधना अव मर्जरमा जाने भयो, नाम पनि साधना नै रहने भयो भनेर सामान्य रुपमा केक काटेका हौँ । मर्जरको खुसीयाली मनाउन त पाइहालियो नि ।’ न्यौपानेले अर्थ सरोकारसँग भने, ‘यसमा कालोपट्टी नै बाँधेर विरोध गर्नुपर्ने वा शाखा नै बन्द गर्नुपर्ने कुनै कारण थिएन । जे भयो, राम्रो भएन ।’

उनले सबैको लघुवित्तका कर्मचारीले आरोप लगाएजस्तो आफूले बदनियत राखेर केक नकाटेको दाबी गरे । ‘हामीले केक काटेको खुसी मनाउनलाई हो । तर सबैकोको नाम हट्यो, भन्ने कुरामा हाम्रो खुसियाली होइन । यसलाई उताका (सबैको लघुवित्तका) साथीहरूले अन्यथा लिनुभयो ।

साधनाका कर्मचारी पनि आन्दोलनको तयारीमा !

यता साधनाका कर्मचारी पनि आन्दोलनको तयारीमा रहेको बुझिएको छ । कर्मचारीलाई दिने सेवा सुविधा चित्त नबुझेको, सबैको लघुवित्तका तर्फबाट सिइओ हुने भएकाले सेवा सुविधाको हकमा साधनालाई पक्षपात गरिएको लगायतका कारण देखाउँदै साधनाका कर्मचारीहरू पनि आन्दोलनको तयारीमा लागेका हुन् । साधनाका सिइओ न्यौपानेले पनि कर्मचारीहरूको सेवा सुविधाका विषयमा कुरा नमिलेको स्वीकारे । ‘साथीहरूलाई सेवा सुविधामा चित्त बुझेको छैन । साथीहरूले आन्दोलन गर्नुपर्छ भनिरहेका पनि छन् । मैले मिलेर जानुपर्छ भनिरहेको छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘सबैको लघुवित्तका साथीहरूको मानसिकता नै निकै सानो खालेको रहेछ । केक काटेको निहुँमा आन्दोलन हुनु यसको उदाहरण हो ।’                 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी