×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामा अमेरिकामा २ लाख ७२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४ प्रतिशतभन्दा तल झर्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक महिनामा अमेरिकामा २ लाख ७२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४ प्रतिशतभन्दा तल झर्यो !

Artha Sarokar

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ ।

गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता-सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकहरूको माग पूरा गर्नका लागि नियुक्तिहरू जारी राख्नुपरेको छ ।

श्रम विभागले बेरोजगारी दर अझै पनि चार प्रतिशतभन्दा कम ३.९ प्रतिशतमा पुगेको बताएको छ । यसबाट बेरोजगारीको २७ महिनाको सिलसिला चार प्रतिशतभन्दा कम भएको छ । यो सन् १०६० को दशकपद्धि यस्तो प्रकारको सबैभन्दा लामो दौडसँग मेल खान्छ । राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ ।

रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गर्नुभएको छ । सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी