×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड कायम, आखिर लगातार किन बढ्दैछ अमेरिकाको सेयर बजार ? 

GLOBAL IME BANK

अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड कायम, आखिर लगातार किन बढ्दैछ अमेरिकाको सेयर बजार ? 

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो केही दिनयता लगातार बढिरहेको अमेरिकी सेयर बजार सूचक ‘एस एण्ड पी ५००’ र ‘न्यास्ड्याक कम्पोजिट’ले बिहीबार पनि नयाँ रेकर्ड बनाएका हुन् । 

यो समाचार तयार पार्दासम्म बिहीबार ४५.७१ अंकले बढेर ‘एस एण्ड पी ५००’ सूचक ५४२१.०३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘न्यास्ड्याक कम्पोजिट’ २६४.८९ अंकले बढेर १७६०८.४४ बिन्दुमा पुगेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एप्पलको सेयर भाउमा उच्च वृद्धि देखिएपछि अमेरिकी सेयर बजारमा उछाल देखिएको हो । बिहीबार एप्ललको सेयर मूल्य २.८६ प्रतिशतले बढेर २१३.०७ अमेरिकी डलर पुगेको छ । एप्पलको सेयर भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ ।

यसरी एप्पलको सेयर भाउमा बढ्नुको मुख्य कारण नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर थप गरिएको र च्याटजिपिटी निर्माता ओपनएआईसँग सहकार्य गरिएको घोषणा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सँगै आउँदै गरेको फेडरल रिजर्भ बैंकको मौद्रिक नीतिप्रति लगानीकर्ता सकारात्मक हुनुले पनि बजारलाई माथि जान मद्दत गरेको जनाइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: