काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नियुक्तिका लागि महान्यायाधिवक्ता कार्यालयको राय कुरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले बोर्डको अध्यक्ष नियुक्तिका लागि महान्यायाधिवक्ताको कार्यालयको राय कुरिरहेको बताएका हुन् ।
बोर्डको अध्यक्ष सिफारिस गर्दा कानुनमा कम्तीमा पनि ३ जना योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भए पनि अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा दुईजना मात्रै आएपछि के गर्ने ? भन्नेमा कानुनी राय खोजी भइरहेको अर्थमन्त्रीले बताएका छन् ।
उनले कानुनी रायका लागि उक्त विषय महान्यायाधिवक्ताको कार्यालयमा पठाइएकोले राय आएपछि मात्रै बाँकी निर्णय हुने बताएका छन् । ‘कानुनमा कम्तीमा पनि ३ जना योग्य व्यक्तिलाई बोर्डको अध्यक्षका लागि सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि दुईजना मात्रै आएकोले अब के गर्ने भन्ने विषयमा कानुनी राय माग्न महान्यायाधिवक्ताकहाँ पठाइएको छ ।’, उनले भने, ‘कानुनी राय आउनेबित्तिकै समितिले सिफारिस गर्छ र सरकारले त्यसबारे आवश्यक निर्णय लिन्छ ।’
त्यस्तै, धितोपत्र बोर्ड सेयर बजारको नियामक निकाय भएकोले नियामक निकाय स्वतन्त्र र व्यवसायिक हुनुपर्ने अर्थमन्त्री पुनले बताए । उनले यसमा सरकार प्रतिबद्ध र स्पष्ट दुवै रहेको पनि बताएका छन् ।
साथै उनले बोर्डको अध्यक्ष नियुक्तिका विषयमा विभिन्न सञ्चारमाध्यममा स्वार्थ समूह तथा नेताको दबाबले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएको भन्ने कुरा उठेको भए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन् । पूँजी बजारलाई समग्र अर्थतन्त्रको ऐना भएकोले पूँजी बजारप्रति सरकार सकारात्मक रहेको पनि अर्थमन्त्री पुनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्