×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वित्त नीतिभन्दा फरक मौद्रिक नीति आउँदैन’- अर्थमन्त्री 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘वित्त नीतिभन्दा फरक मौद्रिक नीति आउँदैन’- अर्थमन्त्री 

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति वित्त नीतिभन्दा फरक नआउने बताएका छन् । मन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार तथा राजश्व प्रशासनका अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वित्त नीतिसँग मिल्ने गरी राष्ट्र बैंकको मौद्रिक नीति आउनेमा विश्वास व्यक्त गरेका छन् । 

छलफलका क्रममा अर्थमन्त्री पुनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई वित्त नीति अनुसार नै मौद्रिक नीति ल्याउन घुमाउरो पारामा निर्देशन दिएको छलफलमा सहभागी एक अधिकारीले बताएका छन् ।

उनले विगतदेखि नै सरकारको वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीचको सामञ्जस्यता बारेमा टिप्पणी हुने गरेको र राष्ट्र बैंक पनि राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा मौद्रिक नीति फरक हुन नहुने बताएका छन् । छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर अधिकारी अर्थमन्त्री पुनको भनाइप्रति सकारात्मक देखिएको बुझिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी