×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घट्ने हल्लाले मात्रै अष्ट्रेलियाको सेयर बजार अल टाइम हाई नजिक, लगानीकर्ता खुसीले गदगद !

GLOBAL IME BANK

ब्याजदर घट्ने हल्लाले मात्रै अष्ट्रेलियाको सेयर बजार अल टाइम हाई नजिक, लगानीकर्ता खुसीले गदगद !

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अष्ट्रेलियाको सेयर बजार ‘अल टाइम हाई’ नजिक पुगेको छ । अष्ट्रेलियाको अष्ट्रेलियन सेक्युरिटिज एक्सचेञ्जको बेन्चमार्क एयु २०० इन्डेक्स ‘अल टाइम हाई’ नजिक पुगेको हो । 

हाल एयु २०० इन्डेक्स ७८०२ बिन्दुमा रहेको छ । 

एयु २०० इन्डेक्स यसअघि सन् २०२४ मार्चमा ७९०० बिन्दुमा पुगेको थियो । त्यसपछि अष्ट्रेलियाको अर्थतन्त्रमा देखिएको संकुचनपछि बजार अप्रिलमा ७५०० सम्म झरेको थियो । हाल अर्थतन्त्रमा देखिएको सुधारपछि अष्ट्रेलियाको सेयर बजार केही दिनयता बढ्दो ट्रेण्डमा देखिएको छ । 

त्यस्तै, अष्ट्रेलियाको सेयर बजार बढ्नुको मुख्य कारण ब्याजदर रहेको जानकारहरु बताउँछन् । हाल रिजर्व बैंक अफ अष्ट्रेलियाले अर्थतन्त्र चलायमान बनाउन ब्याजदर कटौती गर्ने तयारी गरेको छ । जसको प्रभाव अष्ट्रेलियाको सेयर बजारमा परेको जानकारहरुको भनाई छ । 

हाल ब्याजदर घट्ने हल्लाले मात्रै अल टाइम हाईको नजिक पुगेको अष्ट्रेलियाको सेयर बजार ब्याजदर घटेपछि नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ । बजार बढ्न थालेपछि अष्ट्रेलियाको सेयर बजारमा लगानी गरेका लगानीकर्ता पनि खुसी भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: