×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्बभन्दा धेरै, नेपाल बैंकको नाफा सबैभन्दा कम, अरु कसले कति कमाए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१० महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्बभन्दा धेरै, नेपाल बैंकको नाफा सबैभन्दा कम, अरु कसले कति कमाए ?

Artha Sarokar

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब भन्दा धेरै नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले ४८ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यसअवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैशाख मसान्तसम्म बैंकले कुल ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंकले यसअवधिमा कुल ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड र प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड नाफा आर्जन गरेको छ ।

त्यस्तै, यी बाहेक अन्य ८ बैंक (एभरेष्ट बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एनएमबी बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक)को नाफा २ अर्ब माथि छ । 

बाँकी सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब माथि छ भने नेपाल बैंकको नाफा सबैभन्दा कम छ । पछिल्लो १० महिनामा नेपाल बैंकको खुद नाफा ५९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी