×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम १५५ प्रतिशतले बढ्यो 

GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम १५५ प्रतिशतले बढ्यो 

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ४ वर्षमा बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम १ सय ५५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको प्रोभिजन रकम सन् २०२४ मे महिनासम्म २ खर्ब ५६ अर्ब ८१ करोड २९ लाख रुपैयाँ पुगेको छ । सन् २०२१ मे सम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रोभिजनका लागि १ खर्ब ३५ करोड ४० लाख रुपैयाँ छुट्याएका थिए ।

यसअवधिमा वाणिज्य बैंकहरुको प्रोभिजन रकम १६२ प्रतिशतले बढेको छ । ४ वर्षअघि ७७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरुको प्रोभिजन रकम हाल २ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, यसअवधिमा विकास बैंकहरुको प्रोभिजन ४ वर्षमा २०६ प्रतिशतले बढेर १९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । जबकी सन् २०२१ मा विकास बैंकहरुले जम्मा ६ अर्ब ४३ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएका थिए । यता लघुवित्त वित्तीय संस्थाहरुको प्रोभिजन रकममा पनि सन् २०२४ मेसम्म १२० प्रतिशतले बढेको छ । ४ वर्षअघि १० अर्ब ७६ करोड रुपैयाँ रहेको लघुवित्तको प्रोभिजन रकम हाल २३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । 

हाल मुलुकमा देखिएको आर्थिक मन्दी, कर्जाको उच्च ब्याजदर र राष्ट्र बैंकको नीति लगायतका कारण ऋणीहरुले ऋण तिर्न छोडेपछि बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जाको ग्राफ बढेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको प्रोभिजनमा छुट्याउनुपर्ने रकम ह्वात्तै बढेको छ । प्रोभिजनमा धेरै रकम छुट्याउनु परेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा पनि दबाब परेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: