काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।
बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस भयो ? भन्ने प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेट माओवादीतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका हुन् ।
‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन्, यथार्थ होइन ।’, अर्थमन्त्री पुनले भने, ‘मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरुमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि हुन्छ । अहिले दोस्रो वर्ष चल्दैछ । तेस्रो वर्ष त्यस विषयमा सोच्नेछौँ ।’
त्यस्तै, अर्थमन्त्री पुनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरेका छन् ।
उनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने बताए । साथै मजदुरहरुको तलब निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको उल्लेख गरेका छन् । त्यस्तै, सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको पनि अर्थमन्त्री पुनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्