×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री वर्षमान पुनको दाबी- ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, सेयर बजार फेरी लयमा फर्किन्छ’

GLOBAL IME BANK

अर्थमन्त्री वर्षमान पुनको दाबी- ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, सेयर बजार फेरी लयमा फर्किन्छ’

११ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी मौद्रिक नीति खुकुलो आउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले अर्थतन्त्रमा क्रमिक रुपमा सुधार देखिँदै गएकोले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि खुकुलो आउने दाबी गरेका छन् ।

अर्थमन्त्री पुनले मौद्रिक नीति खुकुलो आउँदा सेयर बजार पनि लयमा फर्किने बताएका छन् । ‘अर्थतन्त्रमा शिथिलता हुँदा लिइएका कडा नीतिलाई राष्ट्र बैंकले खुकुलो गर्दै गएको छ ।’, उनले भने, ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, जसले समग्र सेयर बजार उत्साहित हुन्छ, सेयर बजार फेरी लयमा फर्किन्छ ।’

त्यस्तै, अर्थमन्त्री पुनले नयाँ सरकार गठन भएसँगै र आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेसँगै सेयर बजार स्थिर गतिमा अगाडि बढिरहेको दाबी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: