×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले बैंकर र व्यवसायी छुट्याउने नीति लिएको छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सरकारले बैंकर र व्यवसायी छुट्याउने नीति लिएको छ’

२४ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले बैंकर र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

उनले स्वार्थ बाझिने गरी बैङ्कर्स र व्यवसायी एकै खालको हुन नहुने भएकाले बैंकर र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताएका छन् ।

बैंकर र व्यवसायी छुट्याउनका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताए । ‘स्वार्थ बाझिने गरी बैंकर्सव्यवसायहरु एकै खालको हुने कुरालाई अलग गर्नुपर्छ भन्ने कुरा आएका छन् ।’, उनले भने, ‘सरकारले नीतिगत व्यवस्थामार्फत व्यवस्थित गर्न खोजिएको छ । मन्त्रालय र राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरुको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था ल्याएका छौँ ।’

त्यस्तै, अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि ल्याएको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधान अनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रुपले कार्यान्वयन गर्न प्रदेश सरकारहरुले प्रदेश बैंकहरु खोल्न शुरु गरेको अर्थमन्त्रीको भनाई छ । 

साथै नेपालको बैंकिङ क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरुको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएको पनि अर्थमन्त्री पुनले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: