Skip to content
LAXMI SUNRISE BANK

‘सर्किट’का नाममा सेयर बजारमा हदैसम्मको चलखेल, बिमोददेव पन्तले गरे गम्भीर खुलासा… (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले सेयर बजारमा सर्किट लगाएर पनि चलखेल हुने गरेको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै पन्तले सेयर बजारमा केही खेलाडीहरुले कृतिम सर्किट लगाएर पनि चलखेल गर्ने गरेको बताएका हुन् । 

उनले बजारका केही खेलाडीले मार्केट समयमा थोरै कित्ता खाएर वा थोरै लगानी गरेर धेरै कमाउने गरी कृतिम सर्किट लगाएर चलखेल गर्ने गरेको पनि बताएका छन् ।

त्यस्तै, पन्तले यसरी सेयर बजारमा लगाइने कृतिम सर्किट सेटअपका बारेमा थाहा हुने पनि उल्लेख गरेका छन् । उक्त सर्किट सेटअपका बारेमा थाहा पाउन सके बजारमा सर्किटका नाममा हुने चलखेलबाट जोगिन सकिने पन्तले बताएका छन् ।

त्यस्तै, पन्तले अहिलेको टिएमएस सिस्टममा पनि समस्या भएको भन्दै लगानीकर्ताको आवश्यकता र मागअनुसार विकसित गर्नुपर्ने बताएका छन् । सेयर बजार र बजारमा हुने चलखेलबारे बिमोददेव पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK