काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले सेयर बजारमा सर्किट लगाएर पनि चलखेल हुने गरेको बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै पन्तले सेयर बजारमा केही खेलाडीहरुले कृतिम सर्किट लगाएर पनि चलखेल गर्ने गरेको बताएका हुन् ।
उनले बजारका केही खेलाडीले मार्केट समयमा थोरै कित्ता खाएर वा थोरै लगानी गरेर धेरै कमाउने गरी कृतिम सर्किट लगाएर चलखेल गर्ने गरेको पनि बताएका छन् ।
त्यस्तै, पन्तले यसरी सेयर बजारमा लगाइने कृतिम सर्किट सेटअपका बारेमा थाहा हुने पनि उल्लेख गरेका छन् । उक्त सर्किट सेटअपका बारेमा थाहा पाउन सके बजारमा सर्किटका नाममा हुने चलखेलबाट जोगिन सकिने पन्तले बताएका छन् ।
त्यस्तै, पन्तले अहिलेको टिएमएस सिस्टममा पनि समस्या भएको भन्दै लगानीकर्ताको आवश्यकता र मागअनुसार विकसित गर्नुपर्ने बताएका छन् । सेयर बजार र बजारमा हुने चलखेलबारे बिमोददेव पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्