Skip to content
LAXMI SUNRISE BANK

विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

अर्थ सरोकार

काठमाडौं। विराटनगर विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ। विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान र अवतरण प्रभावित भएको हो।

बुधबार विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेको हो ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन: सुरु हुनेछ ।

‘पानी ड्रेनबाट निकास हुँदैछ, उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ’, उनले भने, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’

२०७८ सालमा पनि विमानस्थलमा बाढी पस्दा पाँच दिन उडान अवतरण रोकिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK