Skip to content
LAXMI SUNRISE BANK

‘लोकेसन पत्ता लाग्यो भनेर जिबी राईलाई भगाउन खोजेको हो ?’

अर्थ सरोकार

काठमाडौं। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शर्माले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गरेका थिए ।

‘गृहमन्त्रीले लोकेसन पत्ता लाग्यो भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले जीवी राईलाई सरकारले पक्रिन चाहेन । पक्रिन चाहेको भए यतिको समय किन लाग्छ ? भन्नुभएको थियो । लोकेसन पत्ता लाग्दा पनि पक्रिन चार दिन किन लाग्छ ?,’ उनले प्रश्न गरे ।

त्यस्तै, गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो कि भगाउने नियत हो ?’

देशलाई जीबी राईको लोकेसन नभई जीबी राई चाहिएको उनले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK