काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गरेको काम ठिक भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले न्युरोडमा सडक पेटी बढाउने बालेनको काम ठिक भएको बताएका हुन् ।
उनले न्युरोडका नागरिकको सुविधाका लागि फुटपाथ बढाउन जरुरी रहेको बताएका छन् । बालेनको काममा अवरोध सृजना गर्नु ठिक नभएको भन्दै शर्माले सडक पेटीका बढाउने काममा भएको अवरोधबाट संघीय सरकारलाई पछि हट्न पनि आग्रह गरेका छन् ।
‘न्युरोडका नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए ।’, महामन्त्री शर्माले भने, ‘उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ ।’ संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कार्यबाट फिर्ता हुनुपर्छ ।
त्यस्तै, बालेन र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको जुहारीको प्रसङ्ग निकाल्दै शर्माले संघ र स्थानीय तहबीचको द्वन्दमा सबैभन्दा बढी संयमित संघ हुनुपर्ने भन्दै संयम अपनाउन पनि आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्