Skip to content
LAXMI SUNRISE BANK

एक दशकदेखि नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीमा !

अर्थ सरोकार

काठमाडौँ । सन् २०२४ मा पनि नेपालको हवाई क्षेत्र युरोपेली युनियन (ईयु)को कालोसूचीमा परेको छ । सन् २०१३ देखि ईयूको कालोसूचीमा परेको नेपालको हवाई क्षेत्र २०१४ मे ३० मा ईयुले अपडेट गरेको नयाँ सूचीमा पनि कालोसूचीमा परेको हो । 

ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ । तर, सन् २०१३ मा ईयूको कालोसूचीमा परेको नेपालको हवाई क्षेत्र हालसम्म पनि उक्त सूचीबाट हट्न सकेको छैन । 

अन्तराष्ट्रिय नियमनकारी निकाय अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा राखेपछि ईयूले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर लगायतका नेपाली वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उड्न नपाउनेगरी कालोसूचीमा राखेको थियो । 

सन् २०१७ देखि नेपाल आईकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हटेको थियो । तर, ईयूको कालोसूचीबाट भने अझै हट्न सकेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK