काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रित गरेको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड ४७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये तीन अर्ब १० करोड ७ लाख ३९ हजार राखेपको रहेको छ । जसमा पूँजीगततर्फ एक अर्ब ३० करोड ३२ लाख रहेको छ ।
बजेटमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका लागि एक करोड ७० लाख रुपैयाँ बिनियोजन भएको छ । जसमा समितिका कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि ७० लाख विनियोजन हुँदा खेलकुद पूर्वाधार निर्माणको पुँजीगत खर्च एक करोड रहेको छ ।
खेलकुद प्रशिक्षणतर्फ
प्राविधिकहरुको क्षमता अभिवृद्धि तालिम, प्राथमिकतामा परेका खेलका विदेशी प्रशिक्षण खर्च, प्रदेश/जिल्ला/पालिका/स्थानीय संघ संस्था तथा क्लबस्तरीय प्रशिक्षण प्रतियोगिता संचालन तथा ट्यालेन्टहन कार्यक्रम सञ्चालन तथा प्रशिक्षण/छात्रबृत्ति, अन्तर्राष्ट्रिय तालिम तथा सेमिनार आयोजना तथा सहभागिता, मिसन २०२६ २०औँ एसियाली खेलकुदमा कम्तिमा दोहोरो अंकको पदकका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण व्यवस्थापन, वैदेशिक प्रशिक्षण तथा एक्सपोजर प्रतियोगिता) गरेर कुल ४ करोड ३४ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
अन्तराष्ट्रिय स्तरतर्फको खर्च
छैटौँ एशियन इन्डो मार्सल आर्ट्स गेम्स २०२४ थाइल्याण्ड तयारी तथा सहभागिताका लागि दुई करोड विनियोजन हुँदा पेरिस ओलम्पिक तयारी तथा सहभागिताका लागि भने ९० रुपैयाँमात्र विनियोजन भएको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी तथा सहभागिता खर्चका लागि कुल दुई करोड ९० लाख विनियोजन गरिएको छ ।
अन्तराष्ट्रियस्तरका प्रतियोगिता
अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजनाका लागि सरकारले एक करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा काभा मेन्स च्याम्पियन्ससिप भलिबलका लागि २५ लाख, काभा वुमेन्स नेसन्स लिग भलिबल प्रतियोगिता आयोजनका लाग ३० लाख, एशियाली ई स्पोर्टस प्रतियोगिताका लागि २० लाख, पोखरा, काठमाडौं र नेपालगञ्ज अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजनाका लागि १५ लाख विनियोजन गरिएको छ । यसैगरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनका लागि भन्दै छुट्टै ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
राष्ट्रिय स्तरका प्रतियोगिता
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि एक करोड ७५ लाख, विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ४० लाख, प्रथम पारा राष्ट्रिय खेलकुद आयोजनका लागि पाँच करोड, यु-१४ विद्यालय खेलकुदका लागि एक करोड ३० लाख, दशौं राष्ट्रिय खेलकुद आयोजना र व्यवस्थापनका लागि ६० करोड विनियोजन भएको छ ।
त्यस्तै, राष्ट्रिय संघहरुलाई खेलकुद कार्यक्रम सञ्चालन गर्नका लागि दुई करोड ४० लाख रकम बिनियोजन भएको छ । त्यस्तै, खेलकुद संस्था, क्लबहरुलाई प्रतियोगिता सञ्चालन गर्न (म्याचिङ फण्ड)का लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी, १० वडा गोल्डकप फुटबल प्रतियोगिताका लागि २५ लाख, राष्ट्रिय भलिबल प्रतियोगिताको अनुदानका लागि २० लाख, शहीद स्मारक पुरुष राष्ट्रिय लिग फुटबलका लागि २५ लाख, महिला राष्ट्रिय लिगका लागि २५ लाख, प्रधानमन्त्री कप पुरुष र महिला क्रिकेटका लागि ४०-४० लाख, उमेर समूहको क्रिकेट प्रतियोगिताका लागि ४० लाख, मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता आयोजनाका लागि १० लाख, सुनापति शैलुङ अल्ट्रा म्यानारथन प्रतियोगिताको लागि १० लाख, शहीद स्मृति स्पोर्टस प्रतिष्ठानद्वारा आयोजना गरिने कार्यक्रमका लागि २० लाख, मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिता आयोजनाका लागि ११ लाख, नेपाल कराँते महासंघद्वारा सञ्चालिन कार्यक्रमका लागि ३० लाख, प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा सञ्चालन गरिने खेलकुद प्रतियोगिताका लागि १० लाख, १५-एस राष्ट्रिय रग्वी लिगका लागि २५ लाख, गणेशमान सिंह स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमका लागि १० लाख, मदनभण्डारी स्मृति स्पेर्टस एकेडेमीले सञ्चालन गर्ने कार्यक्रम अनुदानका लागि दुई करोड, साहसिक तथा पर्वतीय खेलकुद विकास तथा प्रतियोगिताका लागि २० लाख, प्रधानमन्त्री कप महिला/पुरुष राष्ट्रिय भलिबल लिगका लागि ४० लाख, लिगलिग दौड प्रतियोगिताका लागि पाँच लाख, जुम्ला रारा म्याराथन प्रतियोगिताका लागि पाँच लाख र दानसाँघु-पातारासी-गुठीचौर-धिता-दानसाँघु दौड प्रतियोगिता जुम्लाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । खेलकुद प्रतियोगितातर्फ सरकारले ११८ कार्यक्रमका लागि ७७ करोड ४६ लाख रकम विनियोजन गरेको छ ।
त्यस्तै, खेलाडी र प्रशिक्षकको प्रोत्साहन तथा पुरस्कारतर्फ दुई करोड ६९ लाख ९६ हजार रकम बिनियोजन गरेको छ । यस्तै, खेलकुद विकास तथा प्रवर्द्धनसम्बन्धी अन्य कार्यक्रमका लागि भन्दै २ करोड ४२ लाख रकम छुट्याएको छ । यसमा खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्ड र एनएनआइपीएले आयोजना गर्ने अवार्डका लागि १०-१० लाख रुपैयाँ विनियोजन भएको छ ।
रंगशाला निर्माण तथा स्तरोन्नती
यसतर्फ सरकारले आठ करोड ४० रकम विनियोजन गरेको छ । यसमा धनगढी प्रादेशिक रंगशाला निर्माण कैलालीका लागि एक करोड, रग्वी रंगशाला डीपीआर निर्माण कागेश्वरी मनोहरा काठमाडौंका लागि पाँच करोड, पोखरा रंगशाला स्तरोन्नतीका लागि एक करोड, थवाङ रंगशाला रोल्पाका लागि एक करोड र धैरेनीचौर रंगशाला मुसीकोट रुकुमका लागि एक करोड विनियोजन गरेको छ ।
कभर्डहल निर्माण तथा स्तारोन्नति
यसतर्फ खेलकुद मन्त्रालय अन्तर्गत राखेपले १५ करोड ७५ लाख रुपैयाँ राखेको छ । कर्भडहल निर्माण प्रतापपुर २ सेमरी नवलपरासी (सुस्ता पश्चिम)का लागि २५ लाख, तेक्वान्दो हाइअल्टिच्युट कभर्डहल निर्माण सैलुङका लागि दुई करोड, राष्ट्रिय स्मृति कभर्डहल सुनापानी रामेछापका लागि एक करोड ५० लाख, खेलाडी फिटनेश हल निर्माण तथा सामग्री खरिद सातदोवाटोका लागि सात करोड र बहुउद्देश्यीय कभर्डहल स्तरोन्नति तथा सवलीकरणका लागि पाँच करोड विनियोजन भएको छ ।
क्रिकेट खेलका पूर्वाधारतर्फ
मूलपानी क्रिकेट एकेडेमी निर्माण काठमाडौँका लागि पाँच करोड विनियोजन गरिएको छ । त्यसैगरी पोखरा क्रिकेट स्टेडियम निर्माण कास्कीलाई एक करोड विनियोजन गर्दा कीर्तिपुर क्रिकेट मैदानको फ्लर्ड लाइट तथा स्कोर बोर्ड जडानका लागि दुई करोड विनियोजन भएको छ । त्यस्तै, कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण कोहलपुर बाँकेका लागि एक करोड विनियोजन गर्दा गिरिजाबाबु क्रिकेट रंगशाला विराटनगर १९ बैजनाथपुरलाई एक करोड विनियोजन भएको छ ।
त्यस्तै, अछामको थानाकोट क्रिकेट मैदान निर्माण जयगढ गाउँपालिका ५ कालिकाका लागि २० लाख विनियोजन गरिएको छ । क्रिकेटको पूर्वाधार विकासका लागि सात करोड ३२ लाख विनियोजन भएको छ ।
खेलकुद तालिम केन्द्र निर्माणका लागि नौ करोड २५ लाख विनियोजन भएको छ । जसमा फुटबल एकेडेमी निर्माण सम्पन्न गर्न तिलोत्तमा नगरपालिका-३ रुपन्देहीका लागि २५ लाख विनियोजन हुँदा पातारासी तालिम केन्द्र निर्माणका लागि चार करोड र राष्ट्रिय तालिम केन्द्र निर्माणका लागि पाँच करोड विनियोजन गरिएको छ ।
विभिन्न ठाउँका खेल मैदान निर्माणका लागि दुई करोड ९५ लाख विनियोजन भएको छ । यसैगरी खेलकुद पूर्वाधार विकास सम्बन्धी अन्य कार्यहरुमा २० करोड ७७ लाख विनियोजन भएको छ ।
जुन पोखरा रंगशालामा निर्माण दायित्वको भुक्तानीका लागि तीन करोड ७५ लाख रहेको छ । यसैगरी विभिन्न दायित्व भुक्तानीका लागि ५० लाख विनियोजन हुँदा दशरथ रंगशाला, सातदोबाटो तथा लैनचौर मर्मत सम्भारका लागि एक करोड विनियोजन भएको छ । त्यसैगरी विभिन्न स्थानका खेल पूर्वाधारहरु मर्मत तथा स्तरोन्नतीका लागि चार करोड विनियोजन हुँदा ‘स्पोर्टस साइन्स ल्याब’ स्थापनाका लागि सामग्री खरिद गर्नका लागि चार करोड विनियोजन भएको छ ।
त्यस्तै, स्पोर्टस फ्यासिलिटी तथा म्युजियम भवन निर्माण दशरथ रंगशालाका लागि नौ करोड विनियोजन हुँदा आयोजनाहरुको डीपीआर र इआइएका लागि एक करोड ५२ लाख विनियोजन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्