×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्षपछि युरोपियन सेन्ट्रल बैंकले ब्याजदर घटायो

LAXMI SUNRISE BANK
GLOBAL

५ वर्षपछि युरोपियन सेन्ट्रल बैंकले ब्याजदर घटायो

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले पाँच वर्षपछि ब्याजदर घटाएको छ । बैंकले ब्याजदर २५ आधार बिन्दु अर्थात ०.२५ प्रतिशतले घटाएको हो ।

ईसीबीको परिषद्को बैठकले ब्याजदर ४ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको छ । ब्याजदरमा गरेको कटौती सन् २०१९ पछि पहिलोपटक हो ।

ईसीबीले गरेको ब्याजदर कटौतीको प्रभाव युरोपका अधिकांश मुलुकको अर्थतन्त्रमा पर्ने विश्वास गरिएको छ । यद्यपि, युरोपमा महँगी नियन्त्रण गर्न भने अझै पनि केन्द्रीय बैंकलाई मुस्किल परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी