×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, तीन बैंकले भने बढाए 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

११ वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, तीन बैंकले भने बढाए 

Artha Sarokar

३२ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । असार महिनामा १९ मध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्दै ११ वाणिज्य बैंकहरुले जेठ महिनाको तुलनामा असारको ब्याजदर घटाएका हुन् । योसँगै असारमा वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औषतमा ०.१२ प्रतिशतबिन्दुसंस्थागततर्फ ०.१३ प्रतिशतबिन्दुले घटेको छ । 

ब्याजदर घटाउनेमा सबैभन्दा अगाडि ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असार महिनामा मुद्दती निक्षेपको ब्याजदर सर्वाधिक १ प्रतिशतबिन्दुले घटाएको छ । 

त्यस्तै, ब्याजदर घटाउनेमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंक रहेका छन् । 

३ बैंकको ब्याजदर बढ्यो 
यता असारमा ११ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा तीन वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा माछापुच्छ्रे बैंक, हिमालयन बैंक र नबिल बैंक रहेका छन् । जसमध्ये असारमा सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले बढाएको छ । बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशतबिन्दुले ब्याजदर बढाएको छ ।

त्यस्तै, असारमा कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी