×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक प्रकरणः ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेञ्चुरी बैंक प्रकरणः ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो

Artha Sarokar

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट ऋण प्रवाह गर्दा अनियमितता गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको हो ।

बैंकबाट ऋण प्रवाह गर्दा भएको अनियमिततामा संलग्नता देखिएपछि बज्राचार्यलाई धरानबाट पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरेका छन् ।

HIGHLIGHTSऋण प्रवाह गर्दा अनियमितता गरेको आरोपमा सीआईबीले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको छ।

यसअघि सोमबार सीआईबीले ठगी मुद्दाको अनुसन्धानका लागि भन्दै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि बैंकमा कमसल धितोमा कर्जा प्रवाह गरेको आरोप रहेको छ ।

सीआईबीले सोही प्रकरणमा गत फागुन १५ गते कमसल धितोमा कर्जा प्रवाह गरेको आरोपमा सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित अन्य कर्मचारी पक्राउ परेका थिए । उनीहरूले सेन्चुरी बैंकमा रहँदा धितो भन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँ बढी कर्जा प्रवाह गरेको सीआईबीले जनाएको थियो । उनीहरु चैत १ गते हाजिर जमानीमा छुटेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी