Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंक प्रकरणः पक्राउ परेका अध्यक्षसहित ८ जनालाई हाजिरी जमानीमा छोड्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । उच्च अदालत पाटनले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई हाजिरी जमानीमा छोड्न आदेश दिएको छ । बुधबार उनीहरुविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै उच्च अदालत पाटनले हाजिरी जमानीमा छोड्न आदेश दिएको हो । 

जेठ २८ गते (सोमबार) प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी मुद्दाको अनुसन्धानका लागि बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो । 

बैंकमा कमसल धितो राखेर अधिक कर्जा प्रवाह गरेको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो । तर, सीआईबीले उनीहरुलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न चाहे पनि अदालतले भने हाजिरी जमानीमो छोड्न आदेश दिएको छ ।

यसअघि सोही प्रकरणमा गत फागुन १५ गते सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेसहित अन्य कर्मचारी पक्राउ परेका थिए । उनीहरूले सेञ्चुरी बैंकमा रहँदा धितो भन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँ बढी कर्जा प्रवाह गरेको सीआईबीले जनाएको थियो । उनीहरु पनि चैत १ गते हाजिर जमानीमा छुटेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK