काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले मुलुकमा आर्थिक सुशासन कायम गर्न ५ सय र एक हजार दरका नोट बन्द गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले यस्तो बताएका हुन् ।
‘यो मेरो प्रस्ताव हो, आर्थिक सुशासनका लागि ५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्छ ।’, उनले भने, ‘आजका दिनमा, यदि आर्थिक सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारका नोट अब क्विट गरेर जान आवश्यक छ ।’
त्यस्तै, उनले ५ सय र हजारको नोट क्विट गर्न सक्ने हो भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिनुका साथै ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने र ८० प्रतिशत राजश्व चुहावट नियन्त्रण हुने दाबी गरेका छन् । साथै ५ सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउँदा गैरकानुनी रुपमा आर्जन गरेर सिरानी, खाट र जमिनमुनि राखेका पैसा पनि बाहिर आउने भएकाले अहिलेको अवस्थामा मुलुकमा आर्थिक सुशासन कायम राख्न ५ सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाउन सांसद गुरुङले सरकारसँग मागसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्