×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अन्तर्वार्ता ‘बंक’ गर्ने माओवादी कार्यकर्ताका लागि आज ‘रि-एक्जाम’, जालान् कि, आज पनि भाग्लान् ?

GLOBAL IME BANK

धितोपत्र बोर्डको अन्तर्वार्ता ‘बंक’ गर्ने माओवादी कार्यकर्ताका लागि आज ‘रि-एक्जाम’, जालान् कि, आज पनि भाग्लान् ?

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि भिडेर अन्तर्वार्ता ‘बंक’ गर्ने तीन जनालाई बुधबार (आज) अन्तर्वार्ताका लागि बोलाइएको छ । प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि आइतबार नै बोलाइएको भए पनि अन्तर्वार्ताकै दिन फोन अफ गरेर बसेका डा. नवराज अधिकारी, कृष्ण कार्की र चिरञ्जिवी चापागाईंलाई पुनः अन्तर्वार्ताका लागि बुधबार बोलाइएको हो ।

तर, बुधबार पनि तीनैजना अन्तर्वार्ताका लागि उपस्थित हुने सम्भावना निकै कम रहेको जानकारहरु बताउँछन् । 

यसअघि सर्टलिष्टमा परेका पाँचजनामध्ये सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेको र ती मध्ये सन्तोष नारायण अधिकारीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्न निर्देशन दिएको चर्चा चलेपछि बोर्ड अध्यक्षका तीन उम्मेदवार अन्तर्वार्तामै गएनन् । यही कारण बुधबार पनि उनीहरु अन्तर्वार्तामा उपस्थित हुने सम्भावना कम छ ।

यसो त नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओसमेत रहेका कृष्ण कार्की अहिले रसुवामा छन् । कार्यालयको कामको लागि भन्दै रसुवा पुगेका उनी फर्किने सम्भावना कम छ । 

यता बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं मोबाइल अफ गरेर सम्पर्कविहीन छन् । उनीहरु कहाँ छन् ? के गर्दैछन् ? भन्ने सार्वजनिक रुपमा कसैलाई पनि थाहा छैन । आफूहरुमध्ये कोही पनि बोर्ड अध्यक्ष बन्न नपाउने भएपछि अन्तर्वार्ता ‘बंक’ गरेर सम्पर्कविहीन भएका उनीहरु बुधबार (आज) पनि अन्तर्वार्तामा आउने सम्भावना कम रहेको जानकारहरु बताउँछन् । 

आज पनि अन्तर्वार्तामा नआए के हुन्छ ? 
आइतबार बोर्डको अध्यक्षका लागि प्रस्तुतीकरण र अन्तर्वार्तामा अनुपस्थित भएका तीन जना माओवादीका ‘क्याडर’ हुन् । आफ्नो पार्टीको व्यक्ति अध्यक्ष नबन्ने भएपछि अर्थमन्त्री वर्षमान पुनकै निर्देशनमा उनीहरु अन्तर्वार्तामा उपस्थित नभएको चर्चा राजनीतिक वृत्तमा छ । आइतबार अन्तरवार्ताका लागि सर्ट लिष्टमा परेका ५ जनामध्ये ३ जना अनुपस्थित भएपछि दुईजनाको मात्रै नाम मन्त्रिपरिषद्मा पठाउन नमिल्ने भएपछि बोर्डको अध्यक्ष नियुक्ति तथा सिफारिस समितिले तीन जनालाई पुनः अन्तर्वार्ताका लागि बोलाएको छ । 

बुधबार पनि उनीहरु अन्तर्वार्तामा नआए छनौट प्रक्रिया स्वतः रद्द हुने र पुनः बोर्डको अध्यक्षका लागि आवेदन दिनुपर्ने केही कानून व्यवसायीहरुले बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले चाहेको पनि यही हो भन्ने तर्क एमाले निकटहरुको छ । तर, केहीले भने उपस्थित भएका दुई जनामध्ये एक जनालाई अध्यक्ष बनाउन सकिने तर्क प्रस्तुत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: