×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशबाट फर्किएका नेपाली फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ’- श्रममन्त्री अर्याल

GLOBAL IME BANK
SHREE KESH

‘विदेशबाट फर्किएका नेपाली फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ’- श्रममन्त्री अर्याल

१६ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरूलाई सम्मान कार्यक्रममा बोल्दै अर्यालले यस्तो बताएका हुन् ।

उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए । उनले विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताए । 

उहाँले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उद्यमीहरूलाई बधाई तथा शुभकामना दिए । उनले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नेहरूले विदेशमा बसिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताए । 

उनले भने, ‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’

सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाउँमा उद्यम गर्ने ८ जनालाई सम्मान समेत गरेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: