×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फ्रि भिसा, फ्रि टिकटको योजना फेल खायो, विदेश जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्’- श्रममन्त्री डिपी अर्याल 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘फ्रि भिसा, फ्रि टिकटको योजना फेल खायो, विदेश जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्’- श्रममन्त्री डिपी अर्याल 

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । 

उनले ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको उल्लेख गरेका छन् । 

त्यस्तै, अहिले ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्थाले विकराल अवस्था सृजना गरेको मन्त्री अर्यालले बताएका छन् । ‘फ्रि भिसा फ्रि टिकट सम्बन्धको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ ।

करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ ।’, त्यसैले अब यसको अन्त्य गर्नुपर्छ । यसलाई संवेदनशील रुपमा हेरेको छु ।’ 

त्यस्तै, मन्त्री अर्यालले ‘फ्रि भिसा, फ्रि टिकट’ अन्तर्गत ४ प्रतिशत मात्रै कार्यान्वयन भएको र बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएको दाबी गरेका छन् । वैदेशिक रोजगारीका नाममा ठगिएका घटना हेरेर नबस्ने र समस्या समाधान गर्न लागेको भन्दै मन्त्री अर्यालले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम् प्रयास गरिरहेको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी