Skip to content
LAXMI SUNRISE BANK

नेपालको शिक्षा प्रणाली नै झुर भएको प्रमाण, एसईईमा ५२ प्रतिशत फेल !

अर्थ सरोकार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। परीक्षा दिएकामध्ये आधा बढी विद्यार्थी फेल छन् ।

२०८० सालको परीक्षामा कुल ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। ति मध्ये ५२.१४ प्रतिशत विद्यार्थीले नन ग्रेड (एनजी) ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी विद्यार्थीमध्ये आधा बढी फेल हुनुले नेपालको शिक्षा प्रणाली कतिसम्म झुर छ भन्ने प्रस्ट देखाएको छ।

उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपिए ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरकफरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK