काठमाडौँ । टेस्लाका सीईओ एलन मस्कविरुद्ध इन्साइडर ट्रेडिङ गरेको आरोपमा मुद्दा दायर गरिएको छ । टेस्लाकै सेयरधनी माइकल पेरीले मस्कविरुद्ध मुद्दा दायर गरेका हुन् ।
पेरीले सन् २०२२ को अन्त्यमा टेस्लाको ७.५ बिलियन डलरभन्दा बढीको सेयर बेचेर इन्साइडर गरेको भन्दै डेलावेयर चान्सलरी अदालतमा मुद्दा दायर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुद्दामा कम्पनीको नकारात्मक रिपोर्टको बारेमा पूर्वजानकारी पाएका मस्कले सोही सूचनाका आधारमा २०२३ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक हुनुपूर्व नै ७.५ बिलियन डलरभन्दा बढीको सेयर बेचेको उल्लेख छ । रिपोर्टपछि मस्कले टेस्लाको सेयर मूल्य घट्दा पनि ३ बिलियन डलर नाफा कमाएको पेरीले आरोप लगाएका छन् ।
मस्कविरुद्ध इन्साइडर ट्रेडिङको आरोपमा दायर गरिएको मुद्दामा उनले टेस्लाको अवैध सेयर खरिदबिक्रीबाट कमाएको नाफा फिर्ता गर्न अदालतसँग आदेश माग गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्