×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलन मस्कले सामसङसँग मिलेर एक्स फोन बनाउने !  

LAXMI SUNRISE BANK

एलन मस्कले सामसङसँग मिलेर एक्स फोन बनाउने !  

३१ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र सामाजिक सञ्जाल एक्सका सीईओसमेत रहेका एलन मस्कले सामसङसँग मिलेर एक्स फोन बनाउने प्रतिक्रिया दिएका छन् । 

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ‘एक्सले सामसङसँग मिलेर एक्स फोन बनाउने भएको छ’ भन्दै सार्वजनिक गरेको पोष्टमा मस्कले ‘कलिङ इट नाउ’ भन्दै कमेन्ट गरेका छन् । यसको अर्थ आगामी दिनमा सामसङसँग मिलेर एक्स फोन बनाउने सोचमा मस्क छन् भन्ने बुझिन्छ । 

एप्पलले ओपन एआईसँग सहकार्य गरेर सिरीमा च्याटजीपीटी इन्टिग्रेट गर्ने घोषणा गरेसँगै मस्क त्यसको विरोधमा देखिएका छन् । 

यसो त मस्कले सन् २०१५ मा साम अल्टम्यान र अन्य व्यक्तिहरुसँग मिलेर ओपनएआई बनाएका थिए । तर, पछि च्याटजीपीटी आएपछि र ओपनएआईलाई माइक्रोसफ्टले सहयोग गर्न थालेपछि मस्क ओपनएआईदेखि असन्तुष्ट छन् । यहीबीच च्याटजीपीटीले एप्पलसँग सहकार्य गर्ने भएपछि हाल मस्क पनि सामसङसँग मिलेर एक्स फोन बनाउने सोचमा छन् । 

एप्पलच्याटजीपीटीबीचको सहकार्यप्रति मस्क यतिधेरै असन्तुष्ट छन् कि उनले आफ्ना कम्पनीहरुमा एप्पल डिभाइस प्रतिबन्ध गर्ने र कम्पनीमा आउनेहरुको एप्पल डिभाइससमेत बाहिर राखिदिने चेतावनी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी