×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको १० महिनामा फाइनान्स कम्पनीहरुको घाटा झण्डै ७० करोड, सर्वाधिक घाटामा पोखरा फाइनान्स !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चालु आर्थिक वर्षको १० महिनामा फाइनान्स कम्पनीहरुको घाटा झण्डै ७० करोड, सर्वाधिक घाटामा पोखरा फाइनान्स !

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा फाइनान्स कम्पनीहरुको घाटा झण्डै ७० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार फाइनान्स कम्पनीहरुको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

यस अवधिमा सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सको रहेको छ । बैशाख मसान्तसम्म पोखरा फाइनान्सको खुद घाटा १७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

पोखरापछि समीक्षा अवधिमा सबैभन्दा धेरै समृद्धि फाइनान्सले १३ करोड ३६ लाख र जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । त्यस्तै, गुडविल फाइनान्सले ७ करोड ४८ लाख, प्रोग्रेसिभ फाइनान्सले ६ करोड १४ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड २३ लाख, रिलायन्स फाइनान्सले ५ करोड २ लाख र गुहेश्वरी मर्चेन्टले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।

यता बैशाख मसान्तसम्म १७ मध्ये ९ फाइनान्स कम्पनी भने नाफामा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्स लिमिटेडले २० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

मञ्जुश्रीपछि गोर्खाज फाइनान्सले ६ करोड ५३ लाख, आइसीएफसी फाइनान्सले ४ करोड ८९ लाख, एनएसएमले २ करोड ८ लाख र मल्टिप्रपोसले १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साथै सी मर्चेन्टले एक करोड ५३ लाख, वेष्ट फाइनान्सले ३९ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल फाइनान्सले १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी