काठमाडौं । अर्थ मन्त्रालयले पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। बजेटपछि मन्त्रलयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । उनी २ महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट अर्थमा सुरुवा भएका थिए ।
त्यस्तै, प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रामप्रसाद आचार्यलाई दिएको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।
सुशीला अर्याललाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।
मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरुद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि अर्थमा सहसचिवहरूको सरुवा गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्