Skip to content
LAXMI SUNRISE BANK

जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्योः गृहमन्त्री लामिछाने 

अर्थ सरोकार

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् । 

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कूटनीतिक पहलमा ढिलाइ भइरहेको बताएका हुन् । 

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ । अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ । यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ ।’

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कूटनीतिक पहलमा समय लागेको गृहमन्त्री लामिछानेले बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK