काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मौद्रिक नीति साउनको पहिलो नभए दोस्रो साता ल्याउने दाबी गरेका छन् ।
उनले अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव संकलन गरिरहेकोले मौद्रिक नीतिमा सुझाव दिन पनि सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
‘हामी साउनको पहिलो अथवा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याउँछौँ । मौद्रिक नीतिमा सुझाव दिनुहोला ।’, गभर्नर अधिकारीले भने, ‘हामी निरन्तर छलफलमा छौँ । मौद्रिक नीति यस्तै आउँछ भनेर अगाडि नै भन्न मिल्दैन । तर, जे गर्छौँ देश र अर्थतन्त्रलाई शिरमा राखेर गर्छौँ । मौद्रिक नीति देशको, अर्थतन्त्रको हित हुनेगरि आउँछ ।’
त्यस्तै, सोही कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरूलाई पनि आफ्नो व्यवसाय गर्ने पद्धति परिवर्तन गर्न पनि सुझाव दिएका छन् । अब पुरानै ढर्रामा व्यवसाय चल्न नसक्ने दाबी गदै उनले प्रविधि र नयाँ मेकानिजमको प्रयोग गर्न व्यवसायीहरूलाई सुझाव दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्