Skip to content
LAXMI SUNRISE BANK

हिमाली क्षेत्रका लागि छुट्टै आर्थिक वर्ष बनाउन ज्ञानेन्द्र शाहीको माग

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन सरकारसँग माग गरेका छन् ।

‘सरकारले असारमा ल्याएको बजेटपछि हिमाली जिल्लामा असोजबाट पैसा आउँछ । तर, कात्तिक १५ देखि चैत मसान्तसम्म हिमाली जिल्लामा हिउँ परेर काम गर्न सकिँदैन ।’, शाहीले भने, ‘बैशाख र जेठ २ महिनामा काम सकिँदैन । असारमा आर्थिक वर्ष नै सकिन्छ, आएको जति सबै पैसा खर्च नभएर फिर्ता जान्छ ।’ 

यदि सरकारले बर्खायामलाई आर्थिक वर्ष बनाउन सक्ने हो भने हिमाली क्षेत्रमा गएको पैसाको सदुपयोग हुने बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK