×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो देशभन्दा ठूलो जीबी राई रहेछन्’- ज्ञानेन्द्र शाही 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘यो देशभन्दा ठूलो जीबी राई रहेछन्’- ज्ञानेन्द्र शाही 

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल देश भन्दा गितेन्द्रबाबु (जीबी) राई ठूलो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले सहकारी ठगेर फरार जीबी राईलाई पक्राउ गर्न नसक्नुले देश भन्दा जीबी राई ठूलो भएका बताएका हुन् । 

सांसद शाहीले जहाँ भए पनि जीबी राईलाई पक्राउ गर्छु भनेका गृहमन्त्री रवि लामिछानेलाई जीबी राई कहिले पक्राउ पर्छन् ? भन्दै प्रश्नसमेत गरेका छन् । 

‘जीबी राईलाई सरकारले पक्राउ गर्न सकेन । हामी माग गर्छौं, जीबी राईलाई छिटोभन्दा छिटो पक्राउ गरियोस् ।’, सांसद शाहीले भने, ‘आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभाथ्यो, कहिले पक्रिएर ल्याउनुहुन्छ ? हामीले हेरेर बसिराछौँ ।’

त्यस्तै, सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टि-स्टेट लगायतका अन्य घोटालाका फाइलहरु खोलेर, अनुसन्धान गरी संसदमा जवाफ दिन पनि माग गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: