×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सालीको ऋण तिर्न दम्पत्तिको ह*त्या, ह*त्यापछि सुनका गहना, रिचार्ज कार्ड र नगद लुटपाट !  

LAXMI SUNRISE BANK
GLOBAL

सालीको ऋण तिर्न दम्पत्तिको ह*त्या, ह*त्यापछि सुनका गहना, रिचार्ज कार्ड र नगद लुटपाट !  

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सालीसँग लिएको ऋण तिर्न एक दम्पत्तिको हत्या गरेको पाइएको छ । जिल्लाको महाभारत गाउँपालिका-५ मा सालीसँग लिएको ३ लाख रुपैयाँ ऋण तिर्नका लागि दम्पत्तिको हत्या गरिएको पाइएको हो ।

हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको छ । 

अभियुक्त सार्वजनिक गर्दै प्रहरीले ऋण तिर्नको लागि लुटपाट गर्न गएको बेला मुठभेडमा सार्कीले तीनखुट्टेस्थित जस्ताले बरेको २ वटा टहरामा बस्दै आएका स्थानीय ६१ वर्षीय मानबहादुर बल र ६१ वर्षीया केकैमाया तामाङ्नीलाई फलामको रडले हानी हत्या गरेको जानकारी गराएको छ । प्रहरीका अनुसार सार्कीले दम्पत्तिको हत्या आफूले नै गरेको स्वीकारेका छन् । उनले आर्थिक अवस्था कमजोर भएको र ऋण तिर्नका लागि पैसाको जोहो गर्न गएका बेला सो घटना भएको प्रहरीसँग बयान दिएका छन् ।

सार्कीले आफ्नो सालीसँग लिएको ५० हजार रुपैयाँ ऋण लिएको र सो ऋण जेठ महिनाभित्रै तिर्नुपर्ने भएपछि पैसाको जोहो गर्न लुटपाट गर्न गएका बेला सो घटना घटेको प्रहरीले जनाएको छ । दम्पत्तिको हत्यापछि सार्कीले सुनका गहना, पसलबाट रिचार्ज कार्ड र केही नगद लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका सार्कीको आर्थिक अवस्था साह्रै कमजोर भएको र लागेको ऋण तिर्न पैसा जोहो गर्नका लागि गरिएको लुटपाटका क्रममा सो घटना घटेको प्रहरीले निष्कर्ष निकालेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी