काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहिअनुसार काम भइरहेको बताए ।
उनले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्