×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ जारी गर्न दिनेबारे धितोपत्र बोर्ड अनिर्णीत, अर्को बैठक नबस्दासम्म आईपीओ निष्कासन नहुने !  

LAXMI SUNRISE BANK
GLOBAL

आईपीओ जारी गर्न दिनेबारे धितोपत्र बोर्ड अनिर्णीत, अर्को बैठक नबस्दासम्म आईपीओ निष्कासन नहुने !  

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी गर्नेबारे नेपाल धितोपत्र बोर्ड अनिर्णीत बनेको छ । बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानाको अध्यक्षतामा बसेको पहिलो बैठक आईपीओ निष्कासन गर्न अनुमति दिनेबारे अनिर्णीत बनेको हो ।

बोर्डको बैठकले आईपीओ निष्कासनबारे कुनै निर्णय लिन नसकेपछि अर्को बैठक नबस्दासम्म आईपीओ निष्कासन नहुने भएको छ ।

बोर्डले आईपीओ निष्कासनबारे निर्णय गर्न नसक्दा ३५ कम्पनीको २७ अर्ब ९३ करोड रुपैयाँ बराबरको १७ करोड ३ लाख कित्ता सेयर अलपत्र परेका छन् । जसमध्ये ३१ वटा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्नेछन् भने ४ वटा कम्पनी प्रिमियम मूल्यका रहेका छन् । 

आईपीओ जारी गर्ने विषय यसअघि नै टुंगो लागिसक्नुपर्ने भए पनि बोर्ड अध्यक्षविहीन भएपछि आईपीओ निष्कासन रोकिएको छ । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि गत पुषदेखि बोर्ड अध्यक्षविहीन छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी