काठमाडौँ । नेपाली फिल्म इन्डस्ट्रिका नायक कविर खड्का सेयर बजारमा पनि लगानी गर्छन् । पछिल्लो समय युवा वर्गमा आफ्नो छुट्टै पहिचान बनाएका कविर फिल्मजस्तै सेयर बजारलाई पनि प्राथामिकता दिन्छन् ।
सानैबाट सेयर बजारप्रति चासो राख्ने हर्सद मेहेताको ‘स्क्याम १९९२’ फिल्म हेरेपछि बजारप्रति झनै प्रभावित भएको कविरले बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै उनले पत्रिकामा देखिने सेयर बजारसम्बन्धी समाचारबाट बजारप्रति आकर्षित भएको र पछि हर्सद मेहेताको ‘स्क्याम १९९२’ पछि बजार प्रवेश गरेको बताए ।
बजार प्रवेश गर्दा बजारबारे खासै धेरै जानकारी नभएकाले सुरुमा बजारमा राम्रै घाटा खानुपरेको कविरले बताएका छन् । अझ आफ्नै साथीले बजारमा टोपी लगाइदिएपछि डिप्रेसनमै गएको उनी बताउँछन् ।
बजारमा लगानी गरेको सबै लगानी डुबेपछि आत्तिएर ज्योतिषलाई हेराउन गएको पनि कविरले बताएका छन् । ‘सुरुमा बजारमा लगानी गर्दा नजानेर अझ आफ्नै गल्तीले सबै लगानी डुबाएँ । अझ आफ्नै साथीले टोपी लगाइदिएपछि त डिप्रेसनमै पुगेँ ।’, उनले भने, ‘लगानी गरेको सबै पैसा डुबेपछि पण्डितकोमा पनि पुगेँ । ग्रहदशा बिग्रेको पनि हेराएँ । अहिले जे होस् ठिक छ । मेरो लागि बजार फापेको छ अहिले ।’
त्यस्तै, पछिल्लो समय ‘लण्डन टू पेरिस’ फिल्मको मुख्य भूमिकामा रहेका कविर फिल्म निर्माण तथा प्रमोसनमा व्यस्त छन् । यद्यपि शुटिङ्गको समयमा पनि सेयर बजार हेर्ने र कारोबार गर्ने गरेको उनले बताएका छन् । नेपाली फिल्म इन्डस्ट्रि, सेयर बजार र बजार यात्राबारे नायक करिब खड्कासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्