काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड, हाँडीगाउँसहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले यस्तो घोषणा गरेका हुन् ।
उनले प्राचीन क्षेत्र र सम्पदाको संरक्षणका लागि न्युरोड, हाँडीगाउँसहितका प्राचीन क्षेत्रलाई पूर्ण रुपमा सवारीसाधन प्रवेश निषेध क्षेत्र बनाइने घोषणा गरेका हुन् ।
साथै, मेयर शाहले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुमासमेत सवारी साधन प्रवेशमा निषेध लगाइने घोषणा गरेका छन् । यसका साथै मेयर शाहले विश्व सम्पदा सूचीमा रहेका बौद्ध र स्वयम्भूलाई पनि महानगर अन्तर्गत ल्याएर सञ्चालन, संरक्षण तथा व्यवस्थापन गरिने बताएका छन् ।
त्यस्तै, महानगरले आगामी आर्थिक वर्षमा प्राचीन अस्तित्व बोकेका क्षेत्रहरुमा होमस्टेलाई प्रोत्साह गर्ने पनि नीति लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्