×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटबारे ओली- ‘छलफल गरिएन, गरेको भए झनै राम्रो हुन्थ्यो’ 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजेटबारे ओली- ‘छलफल गरिएन, गरेको भए झनै राम्रो हुन्थ्यो’ 

Artha Sarokar

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आर्थिक वर्ष २०८१/८२ को बजेट छलफल र परामर्शबिना ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

तर, ओलीले बजेटप्रति आफूहरुको असन्तुष्टि नरहेको बरु बजेट ल्याउँदा छलफल गरेको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

बजेटप्रति असन्तुष्टि हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

यसो त प्रतिनिधिसभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमालेले बजेटको नियतमाथि प्रश्न उठाएको छ । यसअघिसम्म प्रतिपक्षले मात्रै बजेटको विरोध गरिरहेको भए पनि अहिले सत्तारुढ दलले पनि बजेटको विरोध गर्न थालेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी