×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिसहित असारमा ४ कम्पनीको लकइन अवधि सकिँदै 

GLOBAL IME BANK

हिमालयन रिसहित असारमा ४ कम्पनीको लकइन अवधि सकिँदै 

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । असारमा हिमालयन रिइन्स्योरेन्ससहित ४ कम्पनीको लकइन अवधि सकिने भएको छ । सेयर रजिस्टार कम्पनीका अनुसार असारमा हिमालयन रिइन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमा लकइन अवधि सकिने भएको हो । 

कम्पनीका अनुसार असारमा यी कम्पनीहरुमा म्यचुअल फण्ड तथा कर्मचारीहरुले होल्ड गरेको सेयरमा लकइन अवधि सकिन लागेको हो । 

जसअन्तर्गत हिमालयन रिइन्स्योरेन्समा म्युचुअल फण्डहरुले होल्ड गरेको १५ लाख कित्ता साधार सेयरमा १० गते लकइन अवधि सकिनेछ । ११ गतेदेखि म्युचुअल फण्डहरुले उक्त सेयर बिक्री गर्न पाउनेछन् । 

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तमा कर्मचारीका लागि वितरण गरिएको ७ हजार ४ सय २४ कित्ता साधारण सेयर र संस्थापक समूहको १० लाख ८ हजार ३५ कित्ता सेयरमा असार २७ गते लकइन सकिनेछ  । साथै, असार २२ गते जीवन विकास लघुवित्तमा कर्मचारीका लागि वितरण गरिएको ६७ हजार ३ सय ७६ कित्ता सेयर र संस्थापकहरुबीच खरिदबिक्रीका लागि ९० लाख ९५ हजार ७ सय ५२ कित्ता सेयरमा पनि लकइन सकिनेछ  । 

यसका साथै असार ३१ गते हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमा पनि लकइन सकिँदैछ । कम्पनीले कर्मचारीका लागि वितरण गरेको ३ लाख २२ हजार ५ सय कित्ता सेयरमा लकइन सकिने भएको हो । लकइन अवधि सकिएपछि कम्पनीको उक्त सेयरका लागि दोस्रो बजारमा कारोबारको बाटो खुला हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: