काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल ३ सय २५ कम्पनीको ९६ लाख ९७ हजार २ सय ०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मल्टीपर्पोज फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्