काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल ३ सय ६ कम्पनीको ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्