काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल ३ सय २२ कम्पनीको ८८ लाख १३ हजार ३ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ६८ लाख ०४ हजार ९ सय १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्