काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५ सय ६८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्