×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ४.५९ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार ४.५९ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५ सय ६८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी